गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

डिसी नेपाल
१ असार २०७७ १८:३७

धनुषा । धनुषामा गोली प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। सबैला नगरपालिका–७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

गत जेठ २७ गते राति सोही ठाउँस्थति हनुमान राप्रवि लबटोलीकोपोखरीको डिलमा गोली प्रहार गरी हत्या भएको अवस्थामा अरुणको शव फेला परेको थियो । सोही घटनाको अनुसन्धानका लागि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाटतत्काल संयुक्त रुपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा श्रवणले गोली प्रहार गरेको खुल्न आएको थियो । घटनापछि तत्काल फरार उनलाई खोजी गर्ने क्रममा महोत्तरीको भिढामोड नाकामा फेला पारी पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *