सिद्धबाबामा जीप खस्दा ६ जना घाइते, २ जनाको अवस्था गम्भिर
सांकेतिक तस्विर
तानसेन । बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३—०१—२२च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउ नदीमा अपराह्न खसेको थियो ।
दुर्घटनामा तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दलाल बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल र कृष्ण बस्याल घाइते भएको र सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। गम्भिरमध्ये दयाराज पाण्डे र नन्दलाल बस्याल रहेका छन्। भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment