प्रधानसेनापति थापा र सशस्त्रका आइजीपी खनाल कालापानीमा

डिसी नेपाल
३ असार २०७७ ९:०४

काठमाडौँ। लिपुलेक लिम्पियाधुराको भौगोलिक अवलोकनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको छाङरु गएका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरु अहिले विहान छाङरु गएका हुन्।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षण र अतिक्रमित भूमिको अवलोकन गर्ने र उनीहरुको समस्याका बुझ्नका लागि त्यसतर्फ गएका सुरक्षा स्रोतले जनाएको छ।

सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो। प्रधानसेनापति थापा र सशस्त्रका आइजीपी खनाल अहिले धनगढी पुगेको र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर छाङरु जान लागेको सशस्त्र मुख्यालय स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *