वैवाहिक अंगीकृतलाई ७ वर्षपछि नेपाली नागरिकता दिनुपर्छ : कमल थापा
फाइल तस्बीर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बैबाहित अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि मात्र दिने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै उनले नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘नेपालको भूराजनीतिक अवस्था र सामाजिक÷सांस्कृतिक परिवेशलाई दृष्टिगतगर्दै नागरिकताको बिषयमा संवेदनशील हुनैपर्छ। वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार प्रयोगगर्न पाउनेगरी नागरिकता सरहको अनुमतिपत्र दिनु उपयुक्त हुनेछ।
प्रतिनिधिसभको राज्य व्यवस्था समितिमा लामो समयदेखि विचाराधीन रहेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न गरिएको प्रस्तावको पक्षमा बोलेको छन्। सरकारद्वारा प्रस्ताविक शंसोधनमा बैवाहिक अंगीकृत महिलाको हकमा ७ वर्षपछि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment