बाटो भएको जग्गामा पनि बाटो छैन भनी सिफारिस गर्ने वडा अध्यक्षविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं। सिराहको मिर्चौया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षविरुद्ध अख्तियाार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा वडा अध्यक्ष रामकुमार यादवलगायत ५ जनाविरुद्ध जनही ४० हजार विगो दावी गरी आरोप पत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
जग्गा किनबेचका क्रममा बाटो भएको जग्गामा पनि बाटो नभएको भनी वडा अध्यक्षले राजस्वमा हानी नोक्शानी गरेको अख्तियारले दावी गरेको छ। जग्गा खरिद गर्ने र विक्री गर्नेहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment