सांसद सरिता गिरीविरुद्ध राज्यविरुद्धको अपराधको आरोपमा उजुरी

डिसी नेपाल
५ असार २०७७ २२:४६

काठमाडौं। संसदमा नयाँ नक्शाविरुद्ध अभिव्यक्ति दिएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी परेको छ। ४ जना अभिवक्ताले उजुरी दिएको पसिरका डिएसपी राजकुमार केसीले पुष्टि गरे।

उनले डिसी नेपालसँग भने, ‘राज्यविरूद्धको अपराधमा उजुरी परेको छ। राष्ट्रविरूद्ध अभिव्यक्ति दिएको भन्दै केही अभिवक्ताहरूले उजुरी हाल्नु भएको छ, हामीले अनुसन्धान पनि शुरु गरिसकेका छौं।’

सांसद गिरीले नयाँ नक्शा संविधानको अनुसूचीमा समावेस गर्न प्रस्तुत गरिएको संविधान संशोधन विधेयकको विरोधमा प्रस्तावसमेत दर्ता गराएकी थिइन्। तर, सभामुख अग्नि सापकोटाले उनको विरोध प्रस्ताव खारेज गरेपछिमात्र संविधान संशोधन विधेयक सर्वसम्मरुपमा पारित भएको थियो।

प्रतिनिधिसभामा बोल्दै उनले नेपाल पनि बंगलादेश बन्ने भन्दै राष्ट्रविरुद्ध अभिव्यक्ति दिएकी थिइन्। गिरी भारतबाट नेपालमा बिहे गरेर आएकी वैवाहिक अंगीकृत नागरिकता पाएकी नागरिक हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *