नेपाली एफएमले लिपुलेक, कालापानीको मौसमी विवरण दिएपछि भारतमा बहस

डिसी नेपाल
७ असार २०७७ २२:४८
12
Shares

काठमाडौं। नेपालले अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा संसदबाट पारित गरेपछि दार्चुलाको एफएम रेडियोहरुले नक्शामा समेटिएका नेयाँ भूमिको मौसमी विवरण दिन थालेका छन्। यसरी नेपाली रेडियोले मौसमी विरण दिन थालेपछि भारतमा चर्चाको विषय बनेको छ।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले आइतबार दुई वटा समाचार यही विषयमा प्रकाशित गरेको छ। सीमा क्षेत्रका नेपाली रेडियोबाट भारत विरोधी रेडियो सामाग्री प्रशारण गरेको तथा मौसमी विवरण दिएको समाचार प्रकाशित गरेको छ।

स्मरण रहोस यी भूभागहरुले भारतले वर्षौदेखि अतिक्रमण गरेको थियो। भारतले पनि पाकिस्तानको नियन्त्रणमा रहेको आजाद कश्मिर र गिलगिट बालिस्तानको मौसमी विवरण दिन थालेको छ। नेपाली रेडियोले पनि भारतीय रेडियोले पाकिस्तानसँग गरेको व्यवहार जस्तै व्यवहार भारतमाथि गरेका हुन्।

यद्यपी कश्मिर र लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय र कश्मीरको विषय भने फरक हुन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक इतिहासदेखि नै नेपाली भूमि हुनु भने कश्मीरमा भारत र पाकिस्तानको आ आफ्नै दावी छ। कुनैबेला कश्मीर स्वतन्त्र मुलुक थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *