नयाँ प्रेमिकालाई मायाको प्रमाण दिन पूर्वप्रेमिकाको विभत्स हत्या

डिसी नेपाल
९ असार २०७७ ११:५६

काठमाडौं। एक युवकले आफ्नी नयाँ प्रेमिकालाई मायाको प्रमाण दिन पूर्वप्रेमिकालाई बार्बिक्यूको लागि लोभ्याएर जंगलमा लगी विभत्स तरिकाले मारिदिएका छन् । द सनका अनुसार घटना रुसको हो । रुसको नोभोसिब्रिस्क क्षेत्रको सुजुन गाउँमा २० वर्षका अलेक्सी पेत्रोभले पूर्व प्रेमिका अनास्तासिया पोसपोल्भाको हत्या गरेका हुन् ।

पेत्रोभ र उनकी नयाँ प्रेमिका येकातेरिना कर्पोभाले योजनाबद्ध तरिकाले हत्या गर्नको लागि अनास्तासियालाई सुजुन गाउँ नजिकैको जंगलमा पार्टी राखेको भन्दै बोलाएका थिए । अनास्तासिया आउन राजी भए पछि उनीहरुले जंगलमा गएर बोनफायर बनाए र रक्सी पिउन थाले । स्थानीय मिडियाका अनुसार पेत्रोभले आफ्नो खल्तीबाट चक्कु निकाले र अनास्तासियालाई घाँटीमा पटक पटक प्रहार गरे ।

सहयोगका लागि कराएकी अनास्तासिया आफ्नो बचाउमा लागिन् तर पेत्रोभले अनास्तासियाको छातीमा गोली हाने गला दबाएर हत्या गरे । त्यसपछि पेत्रोभ र कर्पोभाले शवलाई झाडीमा लुकाएर अनास्तासिया हराएको नाटक गरेका थिए । त्यसको लगत्तै, पुलिसले अनास्तासियाको शव फेला पारेपछि घटना बाहिर आएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.