रातमा रंगीन माइतीघर (फोटोफिचर)

डिसी नेपाल
९ असार २०७७ १४:३३

काठमाडौं। माइतीघर मण्डला भन्ने बित्तिकै पछिल्लो समय विरोध प्रदर्शनको केन्द्रका रुपमा चिनिने गर्छ। यही माइतीघर मण्डलाबाट सुरु भएका प्रदर्शनहरुले देशमा राजनीतिक परिवर्तन ल्याएको छ। अहिले पनि दिनहुँजसो माइतीघरमा विभिन्न खाले प्रदर्शन भइरहन्छन्।

राजधानी काठमाडौंको मुटुमा रहेको यो चोक यहाँका मुख्य स्थलहरुमा जाने प्रमुख चौराहा पनि हो । अधिकांश महत्वपूर्ण स्थानहरुमा जाँदा यही बाटो भएर जानुपर्ने भएकोले पनि यसलाई महत्वपूर्ण स्थानको रुपमा लिइन्छ । विभिन्न ठूला सरकारी कार्यक्रमहरुदेखि विदेशी पाहुनाहरु आउँदा समेत यही बाटो भएर आवत जावत गर्दछन् । सम्भवतः यही कारण अहिले माइतीघर मण्डलालाई चिटिक्क पारिएको छ ।

सधैं प्रदर्शनको कोलाहल, नाराबाजी, अश्रुग्याँको धुवाँ, पानीका फोहरा, प्लेकार्ड र लाठीको फोहर झेलिरहेको माइतीघरको अनुहारमा अहिले खुशी देखिएको छ । अहिले माइतीघर वरपर सरसफाइ गरिएको छ। सडक सफा र चिटिक्क पारीएका छन्। विशेषतः अहिले माइतीघर मण्डलामा स्ट्रिट लाइटले चिटिक्क पारिएको छ। अहिले माइतीघर साँच्चै माइतीघर जस्तो देखिएको छ। बेहुली झैँ सिँगारीएकी माइतीघरका केही तस्वीर हामीले क्यामेराको लेन्समा उतार्ने प्रयास गरेका छौं।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *