एउटा चिठीले ४ दाजुभाइमा सम्पत्तिको भिडन्त, ८ खर्ब ३० अर्बको मालिक हो पूरा परिवार
मुम्बइ। भारतको ठूलो व्यवसायिक घराना हिन्दुजा परिवारमा सम्पत्तिको लागि ४ जना दाजुभाइबीचको विवाद सार्वजनिक भएको छ । यो विवाद ८ खर्ब ३० अर्ब रुपैयाँ मूल्य बराबरको सम्पत्तिको लागि भइरहेको छ । विवाद एउटा पत्रका कारण सुरु भएको हो । यद्यपि त्यो पत्र अहिलेको नभइ ६ वर्षअघि सन् २०१४ को हो ।
चारैजना दाजुभाइले हस्ताक्षर गरेको यो पत्रलाई लिएर ४ दाजुभाइबीच अहिले ठूलो संघर्ष चलिरहेको छ । २०१४ को यो पत्रमा उल्लेख भएअनुसार परिवारको सबै सम्पत्ति सबै दाजुभाइको बराबरी हुन्छ अर्थात यी ४ मध्ये कुनै पनि एक भाइसँग भएको सम्पत्तिमा सबै दाजुभाइको बराबरी हक लाग्छ ।
तर, ८४ वर्षका श्रीचंद हिन्दुजा र उनकी छोरी विनु भने यो पत्रलाई बेकार घोषित गरियोस् भन्ने चाहन्छन् । पत्र भन्छ – एक भाइसँग जति सम्पत्ति छ त्यो सबैको हो । प्रत्येक भाइले अन्य दाजुभाइलाई आफ्नो उत्तराधिकारीको रुपमा नियुक्त गर्नेछन् ।
यो विवाद मंगलबार लण्डनका एक न्यायाधीशले गरेको फैसलापछि सार्वजनिक भएको हो । फैसलामा भनिएको छ कि ३ अन्य दाजुभाइ गोपिचंद, प्रकाश र अशोकले हिन्दुजा बैंकमाथि आफ्नो नियन्त्रण कायम गर्न यो पत्रको प्रयोग गर्ने कोसिस गरे । यो सम्पत्ति केवल श्रीचंदको नाममा थियो । श्रीचंद र विनु चाहन्छन् कि अदालतले यो पत्रको कुनै कानुनी असर हुँदैन र यसलाई वसियतको रुपमा प्रयोग गर्न मिल्दैन भन्ने तय गरोस् ।







डिसी नेपाल








Facebook Comment