जन्मिएको केही समयमै तिम्ल्याहा बच्चामा देखियो कोरोना, बाबुआमाको रिर्पोट नेगेटिभ
काठमाडौं । मेक्सिकोमा १७ जुनमा जन्मिएका तिम्ल्याहा (एकैसाथ जन्मिएका तीन बच्चा)मा कोरोना पोजेटिभ देखिएको छ। उनीहरु जन्मिएको ४ घण्टापछि जाँच गर्दा कोरोना देखिएको थियो। तर चिकित्सकका अनुसार नवजात शिशुका बाबुआमाको भने कोरोना परिक्षण नेगेटिभ आएको छ।
मेक्सिकोको एक शहरमा एकैसाथ तीन नवजात शिशुको जन्म भएको थियो। उनीहरुमा दुई बालक र एक बालिका रहेका छन्। चिकित्सकका अनुसार उनीहरु जन्मिएको ४ घण्टामा परिक्षण गर्दा कोरोना देखिएको हो। ती शिशुहरु ७ महिनामै जन्मिएका थिए।
कोरोना देखिएका तीन शिशुमध्ये एकमा निमोनिया पनि रहेका त्यहाँको स्वास्थ्य सचिवले जानकारी दिएका छन्। बाबुआमामा कोरोना नदेखिएका कारण नवजात शिशुमा कसरी कोरोना देखियो भन्ने अनुसन्धान भइरहेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment