भारतको असममा सिंचाइका लागि भुटानबाट आउने पानी रोकियो
काठमाडौं। भारतको असममा सिंचाइका लागि भुटानबाट आउने पानी यस वर्ष आउन सकेको छैन । १९५३ देखि नै असमको बक्सा जिल्लाको २५ गाउँमा सिंचाइको लागि भुटानबाट पानी आउने गरेको छ । अहिले पानी रोकिएपछि भुटानले कोरोनाभाइरसको हवाला दिँदै पानी रोकेको खबर सार्वजनिक भएको थियो । यद्यपि भुटानले नहरको मर्मत भइरहेकोले पानी पठाउन समस्या भएको बताएको दावी गरिएको छ ।
समाचार एजेन्सी एएनआइले भने स्रोतको हवाला दिँदै भुटानले पानी रोकेको खबरको खण्डन गरेको र नहर मर्मतका कारण पानी रोकिएको बताएको छ । केही दिनअघि असमका किसानहरुले पानी रोकिएको विरोधमा प्रदर्शन पनि गरेका थिए । उनीहरुले केन्द्र सरकारले भुटानसँग समन्वय गरेर पानी सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment