सूर्यविनायक–साँगा सडकखण्डको रुख कटान शुरु
{"caption":"u0905u0930u0928u093fu0915u094b u0930u093eu091cu092eu093eu0930u094du0917 u0938u0921u0915u0916u0923u094du0921 u0905u0928u094du0924u0930u094du0917u0924 u0938u0942u0930u094du092fu0935u093fu0928u093eu092fu0915 u092du0941u0932u093eu0901u091au093eu0938u094du0925u093fu0924 u0930u0941u0916 u0915u093eu091fu094du0926u0948 u0915u093eu092eu0926u093eu0930u00a0u0964 u0924u0938u094du092cu093fu0930u0903 u0932u0940u0932u093e u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}
भक्तपुर । सरकारले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक छ लेनमा बिस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख काट्न शुरु गरेको छ ।
आगामी आर्थिक वर्षमा करिब १२ किलोमिटर सडक विस्तारका लागि सरकारले रु एक अर्ब बजेट विनियोजन गरेपछि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँका रुख काट्न शुरु गरिएको सूर्यविनायक नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।
डिभिजन सडक कार्यालय र डिभिजन वन कार्यालयको सहकार्यमा सूर्यविनायक भुलाँचादेखि साँगासम्मको करिब चार किलोमिटर सडकको दायाँबायाँका विभिन्न जातका ३८० रुख काट्न शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए ।
सडक विस्तारको डिपिआर निर्माण भइरहेको सो सडक विस्तारका लागि सडकको मापदण्डभित्रका संरचना हटाउने, सिमाङ्कन गर्ने कार्य भइरहेका अवस्थामा अरनिको राजमार्ग खण्डको बूढो रुखले दुर्घटना निम्त्याउनसक्ने भएकाले काट्न थालिएको उनको भनाइ छ ।
एकातिर सडक बिस्तार गरिने र अर्कोतर्फ आयु सकिएका बुढा रुख सडक दायाँबायाँ हुँदा हावाहुरीले ढलेर दुर्घटना हुनसक्ने जोखिम पनि उत्तिकै रहेको छ । सडक किनाराका रुख काट्न र व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा करिब रु ३५ लाख विनियोजन भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए। रुख कटानबाट निस्किएको करिब ११ हजार २०० क्युविकफिट काठ र १५ चट्टा दाउरा लिलाम गरिने भएको छ ।







डिसी नेपाल








Facebook Comment