ललितपुरमा एकजना कोरोना संक्रमितको मृत्यु
सांकेतीक तस्वीर
काठमाडौं। ललितपुरको स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पताल स्रोतले डिसी नेपालसँग अस्पतालको आइसोलेशनमा उपचारत एकजना युवकको मृत्यु भएको पुष्टि गरेको छ। स्रोतले भन्यो, ‘अस्पतालमा उपचार गराइरहेका एकजनाको मृत्यु भएको छ, उहाँको रिपोर्टबारे अहिले सल्लाह भइरहेको छ। हामीले औपचारिकरुपमा कोरोना संक्रमितको मृत्यु भन्न मिल्दैन।’
तर, ती मृतक कोरोना संक्रमित नै भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि भने गरेको छैन। पछिल्लो मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment