कोरोना महामारीबीच त्रिपुरेश्वरमा सर्वसाधरणको भीड

डिसी नेपाल
१५ असार २०७७ १२:२४

काठमाडौं। कोरोनाको महामारीमा पनि सर्वसाधारण रोजगारी पाउने अपेक्षामा भीडमा रहन बाध्य छन्। त्रिपुरेश्वर स्थित खानेपानीको कार्यालयमा करार तर्फको कोटाको लागि फारम भर्ने सर्वसाधारणको भीडभाड अन्य समयमा लाग्ने मेला भन्दा कम देखिँदैन।

सामान्य लेखपढ योग्यता भएको कर्मचारी मागिएको कोटाको लागि प्राय १२ कक्षा पार गरेका विद्यार्थी फारम लिएर लाइनमा उभिएका छन्।
कोरोनाको डर हुदाहुदै पनि रोजगारीका लागि टाढाबाट सकसको साथ उपस्थित भएको छौं। पेप्सिकोला बस्ने गिता दाहाल भनिन्, ‘कोरोना छ भन्ने थाहा छ तर जागिर पनि चाहिएको छ, भन्नेबित्तिकै कही केही पाइँदैन। त्यही पनि नाम निस्कन्छ कि भन्ने आस लागेर यो भिडभाडमा बसेकी छु।’

भत्तपुर ठिमी बस्दै आएकी विराटनगरकी उषा अधिकारीको पनि भनाइमा केही भिन्नता पाइँदैन। उनी भन्छिन, ‘कोरोना लाग्छ भन्ने डर त कति छ छ, त्यो भन्दा पनि जागिर अत्यावश्यक छ।’

स्नातक अध्यायन गर्दै गरेकी सविता दंगालको दुखेसो भने केही फरक छैन। उनले भनिन्, ‘म मास्टर पढ्छु, यो ८ क्लास पढेकाको लागि छुट्टाइएको कोटामा यसरी धाउने रहर त छैन तर बाध्ययता हो। कोरोना लाग्छ भन्ने थाहा हुदाहुदै पनि एक शिक्षित मान्छे भएर यसरी उभिनु परेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *