साउन ७ सम्म थपियो लकडाउन

डिसी नेपाल
१५ असार २०७७ २२:११

काठमाडौं। कारोना महामारी नियन्त्रण गर्नका लागि गएको चैत ११ गतेदेखि लागु भएको लकडाउन आगामी साउन ७ गतेसम्मका लागि थपिएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असाढ एक गतेदेखि लागु भएकै मोडलमा लकडाउन साउन ७ गतेसम्मका लागि थप्ने निर्णय गरेको एकमन्त्रीले डिसी नेपाललाई जानकारी दिए।

असाढ १ गतेदेखि जोर बिजोरमा निजी सवारी साधन चल्न दिइएको छ भने पसलहरुलाई पनि सिमितरुपमा खोल्न दिइएको छ। यही मोडलमै लकडाउनलाई थप्ने निर्णय गरिएको हो।

कोरोनाको संक्रमण बढिरहेकाले सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। सरकारले लकडाउन खुकुलो भए पनि सामाजिक दुरी, स्यानिटाइजर, मास्कको प्रयोगमा भने कडाई गरिने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *