पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५ सय बढी

डिसी नेपाल
१६ असार २०७७ १६:४५

काठमाडौं। गत २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालका ७५ जिल्लामा ३१६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म १० हजार ३ सय ४१ जनाको देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

गत २४ घण्टामा ४ हजार ७ सय ११ जनाको पिसीआर परीक्षण गरिएको डा. गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म ३ हजार १ सय ९४ जना कोरोना संक्रमण मुक्त भएर घर गइसकेका छन्।  हालसम्म ५३ हजार ७० जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *