प्रधानमन्त्री नियमित चेकजाँचपछि निवास फर्के
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेकजाँचपछि निवास फर्केका छन्। बुधबार साँझ बाँसबारी स्थित शहिद गंगालाल हृदयरोग केन्द्र गएका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री नियमित चेकजाँचका लागि गंगालालमा गएका हुन्। उनले भने, ‘प्रधानमन्त्री ज्यू नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो। चेकजाँच सकिएर निवास फर्किसक्नु भएको छ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment