गण्डकीमा कोरोना संक्रमितको संख्या १०१४ पुग्यो

डिसी नेपाल
१८ असार २०७७ ९:५१

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको छ । बिहीबार बिहान ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १०१४ पुगेको हो ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा बिहीबार बिहान ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार, आज स्याङ्जामा २, तनहुँमा ३, पर्वतमा २ र बागलुङ्मा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *