मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओली शितल निवासमा
फाइल फाेटाे।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ओली शितल निवास पुगेका हुन्।
अचानक बिहीबार १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री शितल निवासमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री शितल निवास पुगेको पुष्टि गरे ।
नेकपाको स्थायी कमिटीमा प्रधानमन्त्री विरुद्ध अन्य नेताहरुले मोर्चाबन्दी गरिरहेका बेला प्रधानमन्त्रीको शितल निवासको यात्रालाई कुनै ठूलै राजनीतिक घटनाको पूर्वसंकेत हुन सक्ने मानिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment