थप ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार बढी
काठमाडौं । देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा थप ७४० जनामा कोरोना पुष्टि भएको हो। यो संगै कोरोनाबाट संक्रमित हुनेको संंख्या १५ हजार २ सय ५९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा मात्र ४ हजार ४ सय ८३ जनाको कोरोना परीक्षण गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment