कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ हजार नाघ्याे, २४ घण्टामा ९७४ डिस्चार्ज

डिसी नेपाल
१९ असार २०७७ १६:४७
4
Shares

काठमाडौं । कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ६ हजार १ सय ४३ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन्।

उनका अनुसार हालसम्म ९ हजार ७४ जनाको देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा थप ७४० जनामा कोरोना पुष्टि भएको हो। यो संगै कोरोनाबाट संक्रमित हुनेको संंख्या १५ हजार २ सय ५९ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *