भुक्तानी प्रणालीको अनुमति नदिएकासँग कारोबार नगर्नु : राष्ट्र बैंक

डिसी नेपाल
१९ असार २०७७ १७:००

काठमाडौ । नेपाल राष्ट्र बैंकसँग भुक्तानी प्रणालीसम्बन्धीत कारोबार गर्दै आएका तर अनुमति नलिएका संस्थाहरुसँग कारोबार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार विज्ञप्ति जारी गरी राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरे गराएकोप्रति गम्भिर ध्यानकर्षण गरेको जनाएको छ।

त्यस्तै केही सहकारी, वित्तिय संस्था र सर्वसाधरणले नेपाल राष्ट्र बैंकबाट भुक्तनी अनुमति नलिएका संस्थाहरुसँग कारोबार गरिएको जानकारी पाएपछि त्यसो नगर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा संचालनका लागि राष्ट्र बैंकबाट अनुमति पाएका संस्थालाई मात्र डिजिटल पेमेन्ट पार्टनर रुपमा आवद्ध गराउन पनि निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेको राष्ट्र बैंकले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *