गायक वसन्त खड्काको ‘शुभ बिहानी’ सार्वजनिक
नर्थ क्यारोलिना, अमेरिका । अमेरिकी स्वतन्त्रता दिवसको अवसर पारेर अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका पुराना पुस्ताका गजल तथा आधुनिक गायक बसन्त खड्काले आफ्नो नयाँ सांगीतिक गीति भिडियो ‘शुभ बिहानी’ सार्वजनिक गरेका छन्।
कन्चन इन्टरटेनमेन्ट युट्युब च्यानलको तेस्रो प्रस्तुति रहेको उक्त गीतमा गायक खड्काको स्वर रहेको छ भने शब्द सुशीलराज शर्माको रहेको छ। ‘तिमी शुभ विहानी बन, म रंगिन आकाश बनिदिन्छु’ बोलको सो गीतमा गायक खड्का र दीप तुलाधरले सुमधुर संगीत भरेका छन्।
नविन निरौलाको सम्पादन रहेको सो गीतको रेकर्ड भ्वाइस रेकर्डिङ्ग स्टुडियो, कमलपोखरी काठमाडौँमा गरिएको छ। ध्वनी संयोजन तथा समिश्रण दीप तुलाधरको गरेको सो गीत माया, प्रेम र सद्भावका अन्तरंग शब्दहरुले भरिएको छ।
यस अघि गोधुली, लालिमा, छहरा जस्ता आधुनिक गीति संग्रह र मृगतृष्णा नामक गजल संग्रह श्रोता र दर्शक सामु प्रस्तुत गरिसकेका गायक खड्काले नेपाली सुगम गीत संगीतका शिखर पुरुष अम्बर गुरुङद्वारा रचित एवं संगीतबद्ध गरिएको ‘राजमार्ग’, वरिष्ठ गीतकार रत्न शम्सेर थापा द्वारा रचित ‘घुम्टो’ र बहुचर्चित गजल ‘नलाएको माया’ का रचनाकार सुबिद गुरागाईको ‘कालापानी” हालै मात्र सार्वजनिक गरेका थिए।
यस्तो छ खड्काको नयाँ गीत
No ads found for this position

डिसी नेपाल
Facebook Comment