काेराेना संक्रमितकाे संख्या बढेसँगै सतर्कता अपनाउन सुझाव

डिसी नेपाल
२१ असार २०७७ १३:०१

काठमाडाैं। पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएकोे छ। गत माघ महिनामा नेपालमा एकजना पुरुषमा कोरोना सङ्क्रमित देखाप-यो। उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा सङ्क्रमण देखाप-यो।

सङ्क्रमण देखापरेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी ग-यो। कहिलेकाहीँ फाट्फुट सङ्क्रमित देखापरे पनि सङ्क्रमितको सङ्ख्या एक सय पुग्न निकै समय लागेको थियो। तर अहिले सङ्क्रमित हरेक दिन बढेका छन्। बजारको चहलपल हेर्दा लाग्छ नागरिकमा यसको खासै डर भएको देखिँदैन।

झण्डै तीन महिनापछि यही असार १ गतेदेखि सरकारले नै आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै बन्दाबन्दीलाई खुकुलो बनायो।

सरकारले सङ्क्रणको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउँदै सावधानीपूर्वक काम गर्न भने पनि यस किसिमको अभ्यास देखिँदैन। निर्बाध रुपमा नागरिक हिँड्डुल गर्न र सोही अनरुप दैनिकी चलाइराखेको देखिन्छ।

यसरी नागरिकमा यस किसिमको अभ्यास रहँदा काठमाडौँ उपत्यकामा दुई सय सङ्क्रमित देखापरिसकेका छन्। हालसम्म १५ हजार चार सय ९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ।

सङ्क्रमितमध्ये हालसम्म ६ हजार चार सय १५ जना निको भएर घर फर्केका छन्। ३४ को मृत्यु भइसकोको छ।  दैनिक रुपमा थप फैलँदै गएको कोरोनाबाट थप सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ।

अहिले सङ्क्रमण बढिरहेको कारण जोखिम बढी भएको र सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ। उनले भने,“ थप सतर्कता अपनाउने समय अब आएको छ। ”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *