पत्रकारमाथि दुव्र्यवहारमा संलग्नलाई कारवाही गर्नुपर्ने माग
काठमाडौं । नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुव्र्यवहारसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेको छ। लमजुङका पत्रकार आश गुरुङमाथि यही असार १८ गते समाचार प्रकाशनका विषयलाई लिएर बेँसीशहर नगरपालिका–७ का वडाध्यक्ष गोविन्द बस्नेतले सार्वजनिक स्थानमा बोलाई हातपात तथा गालीगलोज गरेको जनाइएको छ।
खोज पत्रकारिता केन्द्रमा प्रकाशित ‘सक्नेले अनुदान लगे, हामीलाई कसैले सोधेन’ समाचारको विषयलाई लिएर गुरुङलाई बाहिर सडकमा बोलाई बाइकको हेलमेट र चाबी खोसेर बस्नेतले हातपात गरेको जनाउँदै युनियनले जिल्ला प्रहरी कार्यालय लमजुङलगायत स्थानीय प्रशासनसँग निजलाई कारवाही गर्न माग गरेको छ।
युनियनले बाँकेका पत्रकार टेकेन्द्र बस्यालमाथि भएको हातपात र दुव्र्यवहारको घटनामा संलग्नलाई नियन्त्रणमा दिई कारवाही गराउन पहल गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । सबै सञ्चारकर्मीलाई भयरहित वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण बनाइदिन सम्बन्धित पक्षलाई युनियनले माग गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment