बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

डिसी नेपाल
२१ असार २०७७ १७:०९

काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

पक्राउपर्नेमा गोकर्णेश्वर –४ बेंसीगाउँ बस्ने दोलखा गौरीशङ्कर गाउँपालिका– ४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका– ६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् ।

अभियुक्तले मादक पदार्थ सेवन गरी ती महिलालाई नशालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *