२४ घण्टामा २०४ जनामा कोरोना पुष्टि, ६८८ जना निको
काठमाडौं । नेपालमा मंगलबार २०४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २०४ जनामा कोरोना देखिएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १६१६८ पुगेका छन्।
उनले नेपालमा कारोना संक्रमितको दरमा कमि आएको बताएका छ। यस्तै पछिल्ला केही दिनमा आइसाेलेसनमा रहेका व्यक्तिहरुको संख्यामा पनि कमि भएको उनले बताए। यस्तै ४ जिल्ला कोरोना फ्रि भएका छन्। ती जिल्लाहरुमा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला रहेका छन्।
यस्तै नेपालमा मंगलबार ६८८ जना निको भएर घर फर्किएका छन्। योसंगै निको भएर घर फर्किनेको संख्या ७४९९ जना पुगेका छन्। यसैगरि ८६३४ जनाले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment