कोरोना संक्रमित बढेपछि ललितपुरको महालक्ष्मी नगरपालिका लकडाउन

डिसी नेपाल
२४ असार २०७७ २१:३३

काठमाडौं। कारोना संक्रमितको संख्या बढेपछि ललितपुरको महानगरपालिकाका ३ वटा वडा लकडाउन गरिएको छ। नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबारबाट अर्को सूचना नभएसम्मका लागि वडा नम्बर ७, ८ र ९ मा लकडाउन हुने जनाएको छ।

लकडाउन अवधिमा घरबाट बाहिर निस्कन नपाइने, अत्यावश्यक सेवा बाहेक अन्य सेवाका लागि सरकारी तथा वित्तिय कार्यलय पनि बन्द रहने जनाइएको छ। यस्तै खाद्यन्न पसल बिहान ७ बजेदेखि ९ बजेसम्म खोल्न पाइने छ भने स्वास्थ्य संस्थामा लकडाउनको निमय लागु हुने छैन। अत्यावश्यक कामका लागि घरबाहिर निस्कनु परे अनिवार्य मास्क लगाउन र कम्तिमा १ मिटर सामाजिक दूरी पनि कायम गर्न नगरपालिकाले भनेको छ।

लकडाउनको नियम उल्लंघन गर्नेमाथि महामारी रोग ऐनअनुसार कारबाही गरिनसेमत बताइएको छ।

देशभर पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्याकामा भने बढिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *