नेपालको प्राकृतिक विपत्तिमा पाकिस्तानद्वारा दुःख व्यक्त

डिसी नेपाल
२६ असार २०७७ २२:१४
4
Shares

काठमाडौं। देशमा बाढी र पहिरोमा परी करिब ३ दर्जन मानिसको मृत्यु र त्यति नै संख्यामा बेपत्ता भएपछि दक्षिण एशियाली मित्र राष्ट्र पाकिस्तानले नेपालप्रति समवेदना प्रकट गरेको छ।

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीले शुक्रबार परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीललाई मेन्सन गर्दै ट्वीटरमा नेपालमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

उनले ट्वीटरमा प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै यस मुस्लिक समयमा पाकिस्तान नेपालको साथमा रहेको बताएका छन्।

दुई दिन यता बाढी र पहिरोमा परी नेपालमा ३५ जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *