सिलिचोङमा सात घर पहिरोले बगायो, ११ जना सम्पर्क विहीन

डिसी नेपाल
२८ असार २०७७ ९:०८

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ। पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन्।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो।

अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।

अहिले पनि भारी वर्षा भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *