एनआरएनएले डिजिटल परिचयपत्र तिब्रगतिमा बाँड्दैछ : महासचिव शर्मा

डिसी नेपाल
२८ असार २०७७ १२:४२

काठमाण्डौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को डिजिटल परिचयपत्र वितरण कार्यलाई तिब्रता दिइएको जनाएको छ ।

पूर्वप्रतिबद्धता अनुरुप एनआरएन अमेरिका, अष्ट्रेलिया पछि कतार, जर्मनी र जापानका सदस्यहरुलाई डिजिटल आईडि वितरण गरिने संघका महासचिव डा. हेम राज शर्माले बताएका छन् ।

एमआईएस प्रणालीमा दर्ता नभएमा वा सदस्यको पूर्ण विवरण  (नाम, फोटो, र ईमेल) प्राप्त नभएका राष्ट्रिय समितिलाई तत्काल डिजिटल परिचयपत्र वितरण गर्न नसकिने उनको भनाइ छ ।

उनीहरुको पन्जिकृत सदस्यको पूर्ण विवरण केन्द्रमा पुगेपछि मात्र डजिटल आईडि वितरण गर्न सकिने उनले बताए ।

एनआरएनए यूकेको विवरण पठाउन ढिलाई

यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एमआईएस प्रणालीबाट सदस्यता बितरण नगरेका कारण सदस्यता वितरण प्रकृयामा ढिलाई हुने भएको छ ।

एनआरएनए य्रकेका सदस्यहरुको विवरणलाई पूर्णरुपमा एमआईएस प्रणालीमा रुपान्तरण भई नसकेको र सम्पूर्ण सदस्यहरुको पूर्ण विवरण (ईमेल)केन्द्रमा प्राप्त नभएको कारणले परिचयपत्र वितरणमा ढिलाई हुने भएको संघका महासचिव डा.शर्माले जनाएका छन् ।

एनआरएनए यूकेको सदस्यहरुको परिचयपत्र बन्न ढिलाई भएपछि संघले सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलको संयोजकत्वमा रहेका समितिलाई परिचालन गरेको छ ।

एनआरएन यूकेका सदस्यहरुको विवरण प्राप्त भए पछि सबै राष्ट्रिय समिति डिजिटल परिचयपत्र वितरण सुरु हुने डा. शर्माले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *