हलिउड अभिनेत्री केली प्रेस्टनको निधन

डिसी नेपाल
२९ असार २०७७ १४:०४

काठमाडौं। हलिउड अभिनेत्री केली प्रेस्टनको ५७ वर्षको उमेरमा निधन भएको छ । स्तन क्यान्सरको उपचार गराइ रहेकी उनको सोमबार निधन भएको हो । उनका श्रीमान तथा कलाकार जोन ट्रावोल्टाले इन्स्टाग्राममार्फत् केलीको निधनबारे जानकारी दिएका छन् ।

जोनले लेखेका छन्, ‘मेरी सुन्दर पत्नी केलीले स्तन क्यान्सरसँगको दुई वर्ष लामो लडाइँ हारेकी छिन् । यद्यपि उनको लडाइँ साहसिक थियो । त्यो लडाइँमा यहाँहरूको साथ र माया थियो । जोनले आफ्नी पत्नीको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवं चिकित्सकलाई धन्यवाद दिएका छन् । केली र जोनको २९ वर्षअघि बिहे भएको थियो । यो दम्पतीकी २० वर्षीया छोरी एल्ला र ९ वर्षका छोरा बेन्जामिन छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *