‘महानायक’ विवादमा चलचित्र सम्बन्धि संगठनको वक्तव्यः गालीगलौज नरोकिए कानुनी उपचार खोज्ने चेतावनी
काठमाडौ.। नेपाली चलचित्र क्षेत्रमा दुई हप्तायता ‘महानायक’ विवाद चलिरहेको छ। अभिनेत्री दिपाश्री निरौलाले राजेश हमाल महानायक नभएको बताएपछि शुरु भएको विवादमा सामाजिक सञ्जालमार्फत चलचित्रकर्मीहरुमाथि गालीगलौज हुन थालेपछि सोमबार चलचित्रसँग सम्बन्धित विभिन्न सातवटा संगठनलेहरुले सयुँक्त वक्तव्य जारी गर्दै गालीगलौज नरोकिए कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन्। रेका हुन्।
नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र नृत्य संघले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।
कलाकारहरुमाथि अश्लील गाली गरिएको भन्दै आपत्ति प्रकट गरेका संगठनहरुले साइबर कानुनमार्फत कानुनी उपचार खोजिने चेतावनी दिएका हुन्। सामाजिक सञ्जामा दिपाश्री र दिपकराज गिरीमाथि गालीगलौज भइरहेको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment