आज यूरोपियन यूरो र यूके पाउण्डसहित केही देशका मुद्राको भाउ बढ्यो

डिसी नेपाल
३० असार २०७७ ६:४७

काठमाडौँ । आज असार ३० गते (१४ जुलाई, मंगलबार) यूरोपियन यूरो र यूके पाउण्डसहित केही देशका मुद्राको भाउ बढेको छ । अन्य धेरै देशको विनिमयदर भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६१ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ २५ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १३ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २८ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ९८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१९ रुपैयाँ ८८ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *