२४ घण्टामा १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

डिसी नेपाल
१ साउन २०७७ १६:३४

काठमाडौं । नेपालमा बिहिबार थप १६७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १७३४४ पुगेको छ। जसमध्ये ११२४९ जना निको भएर फर्किएका छन्। पछिल्लो २४ घण्टामा मात्र २१३ जना निको भएका छन्। नेपालमा निको हुने संक्रमितको दर ६४.८ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले बताए।

नेपालमा हालसम्म ६ हजार ५६ जना विभिन्न आईसोलेसनमा रहेर उपचार गराईरहेका छन् भने ३९ जनाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *