कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

डिसी नेपाल
२ साउन २०७७ १६:४६
8
Shares

काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी राजविराज नगरपालिका वडा न. १ का ७३ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

डाईबेटिज तथा मुटु रोगीका विरामी उनलाई असार ३१ गते खोकी, ज्वरो तथा स्वाप्रश्वासमा समस्या भई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सीमा लगिएको थियो। उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको र स्वास्थ्य अवस्था जटिल भएकाले भेन्टिलेटरमा राखेर उपाचार गरीएको र साउन १ गते राति उनको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *