‘कालो पोथी’का निर्देशक मिन बहादुर भामले टर्कीमा जिते एक करोडको अवार्ड !

डिसी नेपाल
४ साउन २०७७ ११:४७

काठमाडौं। चर्चित फिचर फिल्म ‘कालो पोथी’का निर्देशक मिन बहादुर भामको नयाँ प्रोजेक्टले टर्कीमा ७५ हजार युरो (१ करोड ३ लाख नेपाली रुपैयाँ) बराबरको अवार्ड जितेको छ । शनिबार इस्तानबुलमा भएको टर्कीको चर्चित टिआरटी १२ पुन्टो अवार्ड समारोहमा भामको नयाँ फिल्म प्रोजेक्ट ‘चिसो वर्ष’ले ज्वाइन्ट प्रोडक्सन अवार्ड जितेको हो ।

यो फिल्म यसै वर्षको अप्रिल–मे महिनामा सुटिङ गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, कोरोनाभाइरसको महामारीका कारण यसको सुटिङ अर्को वर्षको लागि सारिएको छ । यो अवार्ड समारोहमा कूल ८ फिल्म प्रोजेक्टले अवार्ड जितेका छन् । जसमध्ये ‘चिसो वर्ष’ र अन्य तीन गरी कूल ४ प्रोजेक्टले ज्वाइन्ट प्रोडक्सन अवार्ड जितेका छन् भने अन्य ४ प्रोजेक्टले प्रि–बाइ अवार्ड जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *