एनआरएनएको ८३ औँ शाखा टर्कीले पायो पूर्णता, घिसिङको अध्यक्षतामा १९ सदस्यीय समिति

डिसी नेपाल
४ साउन २०७७ १२:०७

काठमाडौँ। विश्वभरी छरिएर रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ ( एनआरएनए) ले ८३ औँ शाखाको रुपमा टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । सम्पूर्ण काग़ज़ात बुझाई सबै प्रकृया पुरा गरेता पनि केही कारण शाखा गठन प्रकृयामा केही ढिलाइ भएको थियो ।आवश्यक प्रक्रिया पूरा भएपछी यसै शनिबार बसेको केन्द्रीय सचिवालयमा बैठकले टर्की नेपाली समाजका पूर्व अध्यक्षसमेत रहेका उज्वल कुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरि पठाएको निर्णयलाई अनुमोदन गरेको एनआरएनएका केन्द्रीय सदस्य रामशरण सिम्खडाले डिसी नेपाललाई जानकारी दिए।

नवगठित समितिको उपाध्यक्षमा श्यामकला राई, महेन्द्र थापा र तिला दाहाल रहेका छन् । महासचिवमा डा.विनोद पौड्याल, सचिवमा मोहम्मद जावेद, सहसचिवमा नीमा छोटी शेर्पा, कोषाध्यक्षमा अनिता गुरुङ र सह-कोषाध्यक्षमा गीता लिम्बु  रहेका छन् ।

यसैगरी युवा संयोजकमा मन्दिरा ओली खत्री र सुनिल पौडेल लगायत ७ जना सदस्यहरु पनि नवगठित समितिमा चयन भएका छन् । समितिको प्रवक्तामा विकास सुमन रहेका छन् । एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीको विशेष पहलमा टर्कीमा रहेका नेपालीहरुसँगको छलफलपछि समिति गठन प्रक्रियाले अन्तिम रुप लिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *