पुराना पुलको निर्माण शुरु गर्न संसदीय समितिको निर्देशन

डिसी नेपाल
४ साउन २०७७ १९:०९

काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिले देशभर रहेका पुराना पुलहरुको सूची तयारी गरी मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सबेको समितिको बैठकले सरकारलाई तीन बुँदे निर्देशन दिएको हो।

समितिले पुराना एवं रुग्ण पुलको विवरण तयार गरी आवश्यक बजेटसमेत व्यवस्था गरी निर्माण शुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले दिएको निर्देशनको पहिलो बुँदामा भनिएको छ, ‘देशभरका रणनीतिक सडक अन्तर्गत रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी गुणस्तरीय रुपमा तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न त्यसको वित्तीय सुनिश्चितता कायम गरी चालु आर्थिक वर्षमा त्यस्ता पुलहरुको निर्माण गर्ने कार्ययोजनासहितको प्रक्रिया आरम्भ गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *