क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला
कैलाली । कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन् । यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको बताइएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment