कोराना कहर : १ करोड ४५ लाख भन्दा धेरै संक्रमित, निको हुनेको संख्या ८६ लाख हजार बढी
याे तस्वीर अमेरिकाकाे न्यूयाेर्क शहरकाे हाे। यहाँ कोरोनाले सबैभन्दा धेरै असर पुर्याएकाे छ। न्युयाेर्कमा अहिले सम्म चार लाख ३३ हजार मानिसमा काेराेना संक्रमण देखिएकाे छ। ती मध्ये ३२ हजार ५७० जनाकाे मृत्यु भएकाे छ।
काठमाडौं। कोरोना भाइरसबाट विश्वभर १ करोड ४५ लाख ६९ हजार २ सय ७२ जना संक्रमित भएका छन्। ती मध्ये ८६ लाख ९७ हजार ४५७ जना उपचारपछि निको भएका छन् भने ६ लाख ७ हजार १६७ जनाको मृत्यु भएको छ। आइतमारमात्रै १ लाख ५४ हजार नयाँ संक्रमित थपिएका थिए। तीमध्ये सबै भन्दा ८४ हजार अमेरिका र भारतमा मात्रै थपिएका हुन्।
अमेरिकामा पछिल्लो २४ घण्टामा ४४ हजार ३६८ जना संक्रमित थपिएका छन् भने भारतमा ४० हजार २ सय ४३ जना संक्रमित थपिएका छन्। यसअघि शनिबार विश्व स्वास्थ्य संगठनले विश्वभर २४ घण्टामा दुई लाख ५९ हजार ८४८ जना संक्रमित थपिएको जनाएको थियो।
यसअघि ५ जुलाईमा २४ घण्टामा २ लाख १२ हजार ३२६ संक्रमित थपिएका थिए। ती मध्ये सबैभन्दा धेरै अमेरिकाका थिए। डब्ल्यूएचओका अनुसार अमेरिका बाहेक ब्राजील, भारत र दक्षिण अफ्रिकामा कोरोना संक्रमित तीव्र गतिमा बढिरेहेको छ। ब्राजीलमा अस्पतालको अभाव हुन थालेको छ।
यसैबीच इजराइलमा पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। शनिबार इजराइलमा १ हजार ९ सय ६ जनामा संक्रमण देखिएको थियो। इजराइलमा कुल संक्रमितको संख्या ४९ हजार ५७५ छ। २१ हजार ४४० संक्रमित उपचारपछि निको भएका छन्।







डिसी नेपाल







Facebook Comment