कम्युनिष्ट नेता बर्मन बुढाको ९० वर्षको उमेरमा निधन

डिसी नेपाल
७ साउन २०७७ ९:४२

काठमाडौं । अग्रज कम्युनिष्ट नेता बर्मन बुढाको ९० बर्षको उमेरमा निधन भएको छ । पाटनमा उपचारको क्रममा उनको बुधबार विहान निधन भएको हो। रोल्पाको थवाङ निवासी बुढा आन्द्राको क्यान्सरबाट पीडित थिए।

तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट २०४८ सालमा सांसद भएका बुढा नेपाली कम्युनिष्टका आदर्श व्यक्तित्व रहेको नेकपाका स्थायी कमिटी सदस्य मणी थापाले जनाएका छन्।

कृष्ण बहादुर महराको नेतृत्वमा संसदमा भएको तत्कालिन जनमोर्चाका ९ जना सांसद मध्यका एक थिए बर्मन बुढा । गाउँमा मुखियाको विरोध गरेर जेल परेका बुढा मोहन विक्रम सिंहको संगतले कम्युनिष्ट भएका थिए। उनी तत्कालिन नेकपा माओवादीमा लागेका थिए। तर, पछिल्लो समयको पार्टी विभाजन प्रति बुढा असन्तुष्ट हुँदै आएका थिए।

उनले २०१२ सालमा थवाङ फर्किएर कम्युनिष्टको विजारोपण गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जामा दुःख व्यक्त गर्दै रोल्पाली जनताको मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा भनि सम्बोधन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *