प्राकृतिक विपदमा ज्यान गुमाउनेको परिवारलाई दुईलाख नगद राहत दिइने

डिसी नेपाल
७ साउन २०७७ १९:५८

काठमाडौं। सरकारले प्राकृति विपदमा ज्यान गुमाउनेको परिवारलाई आर्थिक राहत दिने घोषणा गरेको छ। बुधबार गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै विपदमा एक जना सदस्यले ज्यान गुमाएमा परिवारलाई दुई लाख एकभन्दा धेरैको ज्यान गएमा एकलाखका दरले राहत दिने घोषणा गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४’ लाई संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७’ स्वीकृत गरेको छ। सोही मापदण्डअनुसार राहत दिइने गृहमन्त्रालयले जनाएको छ।

यस्तै एकाघर परिवारका सबै सदस्यको मृत्यु भएमा भने राहत रकम नदिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले घर, बहाल, आवास, खाद्यान्न बाली तथा जग्गा जमीन वा पसल व्यवसायमा समेत नोक्सानी भएमा तत्कालका लागि पाँच जनाको परिवार भएमा १५ हजार र सो भन्दा बढी भएमा २० हजार रुपैयाँ राहत उपलब्ध गराउने जनाएको छ। र त्यस्तो राहत रकम सकेसम्म घटनास्थलमै उपलब्ध गराउने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *