पूर्व डिआइजी कोइराला जेलमुक्त

डिसी नेपाल
८ साउन २०७७ १५:४६
8
Shares

काठमाडाैं। श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रञ्जनप्रसाद कोइराला जेलमुक्त भएका छन्। सर्वाेच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरी कोइराला आज जेलमुक्त भएका डिल्लीबजार कारागार कार्यालयका जेलर गणेश आचार्यले जानकारी दिए।

यसअघि उक्त मुद्दामा कोइरालालाई काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनलेसमेत जिल्ला अदालतको फैसला सदर गरेको थियो।

त्यसविरुद्ध प्रतिवादीकातर्फबाट सर्वाेच्चमा पुनरावेदन परेको थियो। उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले सजाय घटाउँदै आठवर्ष छ महिना कैद कायम गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितका न्यायाधीशले मुद्दाको सुनुवाइ गरेका थिए। कोइरालाले विसं २०६८ मा पत्नी गीताको हत्या गरी शव नष्ट गर्ने उद्देश्यले मकवानपुरको पालु्ङमा लगेर जलाएको प्रहरीले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *