टेक्ससबाट पनि लगानी गर्ने अनुमति पायो सगुनले
टेक्सस, अमेरिका। नेपाली प्रवासीद्वारा स्थापना गरेको सगुनले अब अमेरिकाको टेक्सस राज्यबाट पनि लगानी गर्ने अनुमति पाएको छ। गत वर्षदेखि मिनी आइपीओ मार्फत विश्वभरी आफ्नो सेयर स्वमित्व विक्री गर्दै आएको सगुनले टेक्सस राज्यबाट पनि लगानीका लागि अनुमति पाएको कम्पनीले जानकारी दिएको छ।
मिनी आइपीओ मार्फत अमेरिकाका केही राज्यहरुमा कानूनी प्रावधानका कारण सिधै लगानी गर्ने अमुमति थिएन।, सम्बन्धित निकायबाट छुट्टै अनुमति लिनु पर्ने कानूनी प्रावधान भएपछि सगुनले टेक्ससबाट अनुमति लिएको हो।
अमेरिका, भारत र नेपालमा स्थिापित भएको सगुनमा विश्वभरिबाट लगानीको अवसर प्राप्त हुँदा अमेरिकाकै केही राज्यबाट सिधै लगानी गर्न नपाएको भन्दै विषेश गरी टेक्ससमा बस्ने नेपालीहरुले गरेको अनुरोधलाई सम्बोधन गरिएको सगुनका को-फाउण्डर कविन्द्र सिटौलाले जानकारी दिए।
उनले भने, ‘हामीलाई पनि टेक्सस राज्यबाट मिनी आइपीओ मार्फत लगानीको अवसर उपलब्ध गराउन नसकेकोमा दुःख लागेको थियो । टेक्सस जस्तो राज्यमा धेरै नेपालीहरुमा उद्यमशीलताको माहौल छ । धेरै नेपालीहरु व्यवशायमा संलग्न हुनुहुन्छ । उहाँले टेक्सस राज्यमा बसोबास गर्ने नेपाली लगायत सबै समुदायलाई Sagoon “सगुन ” मा लगानीको अवसर उपलब्ध गराउन विशेष अनुरोध पनि आइरहेको थियो । यिनै कुराहरुलाइ सम्वोधन गर्न Sagoon “सगुन” ले सम्वन्धित सरकारी निकायबाट अनुमति प्राप्त गरि लगानी गर्न पाउने अवसर खुल्ला गर्न सकेका छौं ।’
हालसम्म सगुनमा ३ करोड स्टोरी पोस्ट भैसकेका छन् र लगभग २ अर्ब स्टोरी भयूस भैसकेका छन्। लगभग ४ अर्ब १७ करोड स्मार्ट कोइन प्रयोगकर्ताहरुले सगुनमा कमाइसकेका छन् भने ७४ करोडको स्मार्ट कोइन किनमेलका लागि प्रयोग भैसकेका छन्।
Sagoon “सगुन” ले चाडैनै ‘च्याटिङ फिचर’ पनि बजारमा ल्याउदै छ। सगुनले केही देशहरू बाहेक विश्वभरमा लगानीको नयाँ अवसर प्रदान गरेको छ। सगुनको सेयर खरिद गर्न वा जानकारी लिन इच्छुक ब्यक्तिले https://www.sagoon.com/invest मा वा सगुन एपमा गएर लगानी गर्न आवेदन गर्न सक्नेछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment