अन्ततः सन्दीप सिपिएल खेल्न जाने
काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको समाचारहरु आईरहदा अन्ततः सन्दीप सिपिएल खेल्न जाने निश्चित भएको छ । उनका म्यानेजर रमन सिवाकोटिका अनुसार जुलाई ३० तारिखका दिन सन्दीप कोरियन एयरबाट सिपिएलका लागि प्रस्थान गर्ने भएका हुन । कोरियन एयरको चार्टर फ्लाईटबाट सन्दीप युएसए हुदै अगस्ट १ मा ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन ।
https://www.facebook.com/raman.shiwakoti/posts/10220773653204745
सन्दीप यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो। उनी उक्त टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्।
सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्। सिपिएलमा कुल ३३ खेल हुने छन्। कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्।







डिसी नेपाल








Facebook Comment