आजको राशिफल: कसको चम्कँदैछ भाग्य, कसले अपनाउनुपर्छ सतर्कता ?

डिसी नेपाल
१९ कार्तिक २०८३ ६:११
  • मेष: दिन सामान्य रूपमा शुभ रहेछ। सेवासुविधामा केही कटौती हुने जोखिम रहेकाले सतर्क हुनुहोला। शिक्षाको लगानीबाट आंशिक लाभ मिल्नेछ भने पारिवारिक विश्वासमा धोका हुन सक्छ। आर्थिक लगानीका क्षेत्र सबल भए पनि व्यवहार गर्दा भने होसियार हुनु उचित हुन्छ।

  • वृष: दिन निकै अनुकूल रहेको छ। गुमेको धन पुनः प्राप्त हुने योग छ भने स्वास्थ्यमा सुधार आउनेछ। शिक्षामा प्रगति हुनुका साथै परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने राजनीतिबाट टाढा रहनु नै बेस हुन्छ।

  • मिथुन: दिन रमाइलो र लाभदायक छ। आम्दानी र खर्च बराबरी जस्तै रहनेछ। कतै रमाइलो यात्राको योग बन्नुका साथै साथीभाइको भेटघाटले मन प्रफुल्लित हुनेछ। प्रेम सम्बन्धमा समेत प्रगाढता आउनेछ।

  • कर्कट: दिन सकारात्मक छ। सहयोगीहरूको साथले व्यापार र शिक्षामा राम्रो फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ भने राजनीतिमा भने सक्रिय नभएको नै राम्रो हुन्छ।

  • सिंह: आज धन आर्जन हुने योग छ। यद्यपि, आफ्नै बोलीका कारण केही अप्ठेरो परिस्थिति सिर्जना हुन सक्छ, तसर्थ बोल्दा ध्यान दिनुहोला। धार्मिक कार्यमा सहभागिता जनाउँदा दिन सहज बित्नेछ। परिवारको पूर्ण साथ रहनेछ।

  • कन्या: दिनउत्कृष्ट फलदायी छ। कृषि व्यवसायबाट राम्रो आम्दानी हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधार आउनेछ भने समाजमा तपाईंको कार्यको उच्च कदर हुनेछ। अरूको विवादबाट समेत तपाईंलाई फाइदा पुग्न सक्छ।

  • तुला: दिन सामान्य राम्रो छ। सामाजिक क्षेत्रमा प्रशंसा र राजनीतिक क्षेत्रमा प्रगतिको योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ, यद्यपि खर्चको मात्रा भने केही बढेर जाने देखिन्छ।

  • वृश्चिक: दिन सफलताले भरिपूर्ण छ। नयाँ तथा राम्रो योजना बन्नेछ। समाजमा तपाईंको नाम र चर्चा चुलिनेछ। घरबाहिरका मानिसहरूले समेत तपाईंको प्रशंसा गर्नेछन् भने पुराना साथीको साथ मिल्नेछ।

  • धनु: दिन शुभ फलदायी छ। शिक्षामा गरेको मिहिनेतले सार्थकता पाउनेछ। राजनीतिक क्षेत्रमा उन्नति हुनेछ भने परिवारमा मेलमिलापको वातावरण बन्नेछ।

  • मकर: दिन आँट र पराक्रम बढाउने खालको छ। यदि ठूलो लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो साहस गर्ने उपयुक्त समय हो। सामाजिक तथा आर्थिक क्षेत्रमा राम्रो कामको थालनी हुनेछ। छिमेकी र विपक्षीसँगको भेटघाटले मन शान्त बनाउन सहयोग गर्नेछ।

  • कुम्भ: आजको दिन विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। शत्रु पक्ष सक्रिय हुन सक्ने हुनाले सचेत रहनुहोला। स्वास्थ्यमा सुधारका संकेत देखिए पनि आफ्नो श्रमको उचित मूल्य प्राप्त हुनेछ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ।

  • मीन: दिन अत्यन्तै शुभ छ। शिक्षामा गरेको लगानीले उत्साह थप्नेछ। धार्मिक कार्यमा सहभागिता जनाएर दिनको सुरुवात गर्नु लाभदायक हुनेछ। विपक्षी तथा साथीभाइ र परिवारको साथ मिल्दा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *