माईकलको निर्देशनमा सरोज र आश्माको रोमान्स

डिसी नेपाल
१७ साउन २०७७ १९:१७

काठमाडौं। लकडाउन खुलेसँगै अहिले म्यूजिक भिडियो छायांकनका कामहरु पनि धमाधम सुरु भएका छन् । अहिले एक पछि अर्को गर्दै विभिन्न गीतहरु बजारमा आउन थालेका छन् ।

गीतहरुको यही भीडमा सांगीतिक क्षेत्रका एक हस्ती गीत लेखेरै गिनिज अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाईसकेका गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘छक्कै परें’को भिडियो सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा ‘कार्टुन क्रुज’का सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । भिडियोमा सरोज र आश्माको उत्कृष्ट नृत्य देख्न सकिन्छ । भिडियोको निर्देशन म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफर माइकल चन्दले गरेका छन् ।

विष्णु भट्ट र बिना भट्टराईको स्वर रहेको यस गीतमा भट्ट आफैले संगीत दिएका छन् । गीतको भिडियोलाई ‘डी आर म्यूजिक एण्ड क्रिएसन’ को युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *