अन्ततः एक साताको मौनता तोड्दै प्रचण्ड बालुवाटारमा

डिसी नेपाल
१८ साउन २०७७ १०:३७
4
Shares

काठमाडौं केन्द्रीय कमिटीको बैठकको माग गर्दै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

साउन १३ गते प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँग छलफल गरेर स्थायी कमिटी बैठकको टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको थियो। तर त्यसयता दुई अध्यक्षबीच छलफल हुन सकेको थिएन।

योबीचमा प्रचण्डले स्थायी कमिटीले निकास नदिने भन्दै केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने बताउँदै आएका छन्। नेकपाभित्रका विवाद बढिरहेका बेला अध्यक्ष प्रचण्ड वरिष्ठ नेता खनाललाई लिएर बालुवाटार पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *